११औँ राष्ट्रिय महाधिवेशनमा यस्तो देखियो आदिवासी जनजातिको उपस्थिति

काठमाडौं । आजदेखि काठमाडौंमा नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

महाधिवेशनको अवसरमा भृकुटीमण्डपबाट विभिन्न जातीय पोशाक, सांस्कृतिक झाँकी, नाचगान तथा र्यालीसहित नगर परिक्रमा गरिने भएको हो ।

‘प्राकृतिक स्रोत जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेशहरूको पुनः नामाङ्कन गर’ भन्ने नारासहित आयोजना हुने महाधिवेशनमा ५६ जातीय घटक संस्था, सम्बन्धन संगठन, प्रवास संगठन तथा प्रदेश–जिल्लाबाट ५०० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन्।

महाधिवेशनको बन्द सत्र भोलि स्टार ब्यांक्वेट, स्वयम्भूमा हुने र सोही सत्रले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ। वि.सं. २०४७ सालमा स्थापना भएको महासंघ नेपालका आदिवासी जनजातिहरूको छाता संगठनका रूपमा परिचित छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top