काठमाडाैं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अछाम क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार राजेश रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्ने भएका छन् ।
रावलले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै आइतबार अछामको मंगलसेनमा रास्वपाका शाहलाई समर्थन गर्ने सहमति गरेका हुन् ।
‘उज्यालो नेपालका उम्मेदवार राजेश रावलले परिवर्तन, सुशासन र जनउत्तरदायी राजनीतिका पक्षमा आफ्नो उम्मेदवारी फिर्ता लिई रास्वपाका उम्मेदवार भूपदेव शाहलाई पूर्ण समर्थन गर्ने,’ सहमति पत्रमा भनिएको छ ।
रावलले अब आफू शाहलाई जिताउन लाग्ने बताए ।






