पोखरामा मापसे गरेर विद्यार्थी बोक्ने स्कुल बसका ५ चालक प्रहरी नियन्त्रणमा

पोखरा । मादक पदार्थ सेवन गरी स्कूल बस चलाउने ५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीका विभिन्न स्थानमा चल्ने बस चालकहरूले मापसे गरी स्कूलबस चलाउने गरेको गुनासो आएपछि प्रहरीले चेकिङ सुरु गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा माउन्ट हेभन बोर्डिङ स्कुलका चालक आनन्द परियार, कुमुदिनी होम्स बोर्डिङका गौतम गुरुङ र विन्देश्वरी स्कूलका भक्त बहादुर गुरुङ रहेका छन् ।

यस्तै अंजली बोर्डिङका डम्बरबहादुर गुरुङ र एसओस बोर्डिङका चालक पदम विकलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top