टप एन्ड टी-२० सिरिज : नेपालले होबार्टलाई दियो १८१ रनको लक्ष्य

३ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्ससामू प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाउँदै होबार्टलाई १८१ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए। आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २७ रन बनाए । लोकेश बम ११ बलमा २५ रनमा अविजित रहे ।

नेपालले अतिरिक्त ३२ रन पाएको थियो । होबार्टका निभेथन राधाकृष्णनले ४ ओभरमा २० रन दिएर २ विकेट लिए । राफ माकमिलनले पनि २ विकेट लिँदा मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले १-१ विकेट हात पारे ।

वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण पोखरामा हुने

‘यस पटकको आयोजना विकेन्द्रीकरण र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा गर्न लागिएको हो। यसले स्थानीय आर्थिक गतिविधि बढाउन, खेलाडीलाई अवसर दिन र समुदायलाई संलग्न गर्न मद्दत गर्ने विश्वास लिएका छौं’ विज्ञप्तिमा भनिएको छ ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । जसमा ५४ स्वदेशी र १८ विदेशी खेलाडीको सहभागिता रहनेछ । स्वदेशी खेलाडीका लागि यसअघि नै अक्सन सम्पन्न भइसकेको छ । सहभागी टोलीले विदेशी खेलाडी अनुबन्धको प्रक्रिया अघि बढाइसकेका छन् ।

इडब्लुभीको आधिकारिक मनोरञ्जन साझेदारका रूपमा टिकटक रहेको छ । प्रत्यक्ष प्रसारण हिमालय प्रिमियम टिभी एचडीमा हुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top