अन्योलमा दशौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट पठाएको झण्डा कर्णाली पुगेन

राजनीतिक खिचातानी, खेलकुद नेतृत्वको विवाद अनि पूर्वाधार अभाव जस्ता कारण देखाउँदै राष्ट्रिय खेलकुद जस्तो नेपालको सबैभन्दा महत्वाकांक्षी र ठूलो महोत्सव निरन्तर धकेलिंदै आएको छ। फेरि पनि समयमै आयोजना हुनेमा आशंका छ।

३० साउन, काठमाडौं। राष्ट्रिय खेलकुद सकिंदै गर्दा अर्कोपल्टको आयोजकलाई झण्डा हस्तान्तरण गरिन्छ। तर ३ कात्तिक २०७९ मा पोखराबाट पठाइएको झण्डा अझैसम्म सुर्खेत पुगेको छैन।

गण्डकी प्रदेशमा सम्पन्न नवौं बृहत् राष्ट्रिय खेलकुद समापनको अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुद २०८१ कर्णाली प्रदेशमा आयोजना हुने गरी कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीलाई झण्डा हस्तान्तरण गरेका थिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top