लदी पूजामा मन्थली नगरपालिकाले दियो सार्वजनिक बिदा 

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले माझी समुदायको महान् चाड लदी (कोशी) पूजाका अवसरमा आगामी फागुन १९ गते सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्र बसोबास गर्ने माझी समुदायको महान् चाडमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सूचनामा लेखिएको छ,  “यस मन्थली नगरपालिका क्षेत्रमा बसोबास गर्ने माझी समुदायको मुख्य चाड लदी पूजाका अवसरमा मिति २०८१/११/१९ गते मंगलबारका दिन यस नगरपालिका कार्यालय अन्तर्गतका सबै वडा कार्यालय तथा शिक्षण संस्थाहरूका अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिने गरी सार्वजनिक बिदा दिने नगरसभाको १८ औं अधिवेशनले निर्णय गरेको छ ।”

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top