संरक्षकको मृत्यु भएपछि सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बिमांक रकम हस्तान्तरण

काठमाडौं, १ भदौ । सांग्रिला डेभलपमेन्ट बैंकले सुरक्षित बाल बचत खाता खोलेका बालिकाका संरक्षकको मृत्यु भएपछि परिवारलाई विमांक रकम हस्तान्तरण गरेको छ । बैंकको पोखरास्थित तालचोक शाखामा खाता खोल्न भएकी सृष्टि त्रिपाठीका दाजु (खाता खोल्दा उनले संरक्षक राखेका व्यक्ति) सागर त्रिपाठीको दुर्घटनामा परी मृत्यु भएपछि बिमा बापतको रकम उपलब्ध गराएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको तालचोक शाखाका प्रवन्धक राजीव पौडेलले सृष्टि र उनकी आमा शिला त्रिपाठीलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम सृष्टि त्रिपाठी १८ बर्ष पुगेपछि उनले झिक्न पाउने गरी अहिले मुद्दती खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोल्ने व्यक्तिका संरक्षकको निधन भएमा बैंकले बिमा बापत तीन लाख रुपैयाँ उपलब्ध गराइने प्रावधान रहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top