हाम्रो बारेमा
तपाईंको आवाज मिडिया प्रालीद्वारा सञ्चालित tapaikoaawaj.com पिछडिएका समुदायको आवाजलाई प्राथमिकता दिने स्वतन्त्र डिजिटल मिडिया प्लेटफर्म हो । हामी विशेषगरी सीमान्तकृत समुदाय, महिला, युवा, श्रमिक, आदिवासी जनजाति तथा आवाज नपुगेका वर्गहरूको कथा र समस्यालाई प्राथमिकताका साथ प्रस्तुत गर्छौं । सत्य, तथ्य र निष्पक्षतामा आधारित भई हामीले पत्रकारिताको आचारसंहितामा बाँधिएर समाचार, अन्तर्वार्ता, खोजमूलक रिपोर्ट, भिडियो सामग्री तथा जनचासोका विषयहरू निरन्तर प्रस्तुत गर्दै आएका छौं । राज्यको मूल धारबाट पछि परेका समुदायको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउन हामी प्रतिबद्ध छौं ।